काठमाडौँ उपत्यकामा १६ दिनसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काठमाडौँ उपत्यकामा १६ दिनसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    मा प्रकाशित

कनिका खबर
साउन २५, काठमाडौं
नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा आजदेखि १६ दिनसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय अस्ति गरेका थिए । काठमाडौँ, ललितपुर र भक्तपुरका कोरोना सङ्कट व्यवस्थापन जिल्ला समितिको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्थारपत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका सबै सेवा बन्द हुनेछन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोनाको सङ्क्रमण बढी देखिएको स्थानलाई पूर्ण रूपमा बन्द गर्ने रणनीति अपनाइएको सीआईएनसँग बताउनुभयो । सपिङ मल, व्यापारिक प्रतिष्ठानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्