जुगल ५ र सुनकोसी ७ जामुने आजबाट सिल – Kanika Khabar
Friday, March 29Nepali News Portal

जुगल ५ र सुनकोसी ७ जामुने आजबाट सिल

    मा प्रकाशित

देवराज सुवेदी 

साउन २५, सिन्धुपाल्चोक ।

जुगल गाउँपालिका वडा नम्बर ५ र सुनकोसी गाउँपालिका वडा नम्बर ७ सिल अर्थात पूर्ण रुपमा बन्द गरिएको छ । आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले अर्को निर्णय नभए सम्मका लागि यी दुई वडा सिल गर्ने निर्णय गरेको हो ।  सो स्थानहरुमा आजबाट मानिसको आवतजावत र सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । त्यहाँका पसल तथा व्यवसाय पनि पुर्ण रुपमा बन्द गरिएको छ ।

सुनकोसी गाउँपालिकाको जिरि जाने सडकको उतर तर्फ १ किमि देखि लप्सेखोलासम्म, पश्चिममा १ किमि देखि २ किमिसम्म, पूर्वमा उक्त स्थानको लप्सेखोलासम्म र दक्षिणतर्फ पितामे टोलसम्मको चार किलोमिटर भित्र सिल गरिएको छ ।

जुगलमा सल्यानबाट आएका दुई शिक्षकमा कोरोना सङ्क्रमण देखिएको थियो भने सुनकोसीमा जामुने घर भएका ३५ वर्षीय एक प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो । शिक्षक र प्रहरीले स्थानीय धेरै जनासँग सम्पर्क, भेटघाट गरेको पाइएकाले कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट नआउन्जेलसम्म आजकै मितिबाट दुवै ठाउँमा सिल अर्थात बन्द गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्