जुम्लामा फेरि निषेधाज्ञा – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

जुम्लामा फेरि निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
साउन २५, जुम्ला ।
जुम्लामा फेरी कोरोना सङ्क्रमित थपिएपछि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले चन्दननाथ नगरपालिका र तिला गाउँपालिका वडा नम्वर ५ मा निषेधाज्ञा गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा हस्ताक्षरित जारी निषेधाज्ञामा साउन २५ गते दिउसो ३ बजेबाट चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिलानदीमा निषेधाज्ञा जारी गरिएको छ ।

यसैगरी तिला गाउँपालिकाको वडा नम्वर ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामुल, उत्तरमा डुग्री गाउँ, दक्षिणमा खोलिगाउँ चार किल्लामा औषधी पशल र स्वास्थ्यसेवा वाहेक सवै क्रियाकलापहरु पूर्ण रुपमा बन्द गर्न अर्को निर्णय नभए सम्म सङ्क्रामक रोग ऐन २०२० को २(२) र स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिक निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्