दाङ ।शान्ति निकेतन विद्यालय घोराही १५ दाङले आफ्नो २२ औं स्थापना दिवस एक भब्य समारोहको आयोजना गरि मनाएको छ ।
घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डि.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले गीत, नृत्य प्रस्तुत गरेका थिए भने नाटक मञ्चन समेत गरेका थिए।
उक्त समारोहमा शैक्षिक सत्र २०८१को वार्षिक परीक्षामा नर्सरी देखि कक्षा १० सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थी छात्र/छात्राहरुलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
विद्यालय उत्कृष्ट पुरस्कारबाट प्रज्ञान पौडेल सम्मानित
विद्यालयले हरेक वर्ष विभिन्न तीन विधामा विद्यार्थीहरुलाई सम्मान गर्ने सम्मान गर्दै आएकोमा यस वर्ष विद्यालय उत्कृष्ट छात्रको रुपमा कक्षा ९ मा अध्ययनरत छात्र प्रज्ञान पौडेललाई ट्रफी र सम्मानपत्र प्रमाणपत्र सहित सम्मान गरेको छ भने प्राथमिक तहबाट कक्षा कक्षा १ मा अध्ययनरत छात्रा स्वस्तिका शर्मालाई अनुशासित विद्यार्थी र कक्षा नर्सरीमा अध्ययनरत भवानी भण्डारीलाई मोस्ट हाइजनिक विद्यार्थीको रूपमा सम्मान गरेको थियो।
शिवा स्मृति पुरस्कार सन्ध्या रोकालाई
वीरबहादुर चौधरी र प्रदेश नि चौधरी ले आफ्नो स्वर्गीय छोरी शिवा चौधरीको स्मृतिमा स्थापना गर्नुभएको शिवा स्मृति छात्रवृत्ति बाट हरेक वर्ष कक्षा ६ मा प्रथम स्थान हासिल गर्न सफल छात्र वा छात्रलाई प्रदान गर्दै आएकोमा यस वर्ष उक्त छात्रवृत्ति २०८१ को कक्षा ६ को वार्षिक परीक्षामा प्रथम स्थान हासिल गर्न सफल छात्रा सन्ध्यारोकालाई प्रदान गरिएको थियो कक्षा छ प्रथम छात्रा सन्ध्या रोकालाई प्रदान गरिएको थियो।
विशिष्ट अतिथिको रूपमा उपस्थित प्याब्सन जिल्ला कार्यसमिति दाङका सचिव आदिम के.सी. ले घोराही उपमहानगरपालिकाभित्र निजी क्षेत्रको लगानीबाट सञ्चालित संस्थागत विद्यालयहरूले करिब ४५ हजार बालबालिकालाई शिक्षा दिइरहेको साथै २००० बढी शिक्षक र ७०० बढी कर्मचारीहरु लाई रोजगारीको अवसर उपलब्ध गराएको साथै वार्षिक करिब १० करोडभन्दा माथिको छात्रवृत्ति उपलब्ध गराएको भए तापनि यसको उचित मूल्याङ्कन स्थानीय निकायले नगरेको दुखेसो गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा आउनुभएकी घोराही उपमहानगरपालिका कि उपमेयर श्री हुमा कुमारी डि.सी. ले निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयहरूलेहरुले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन स्थानीय सरकारले गरेको र पालिकाभित्र विद्यालयसँग सम्बन्धित विभिन्न निर्णयहरु गर्दा संस्थागत विद्यालयको छाता संगठन प्याप्सन घोराहीसँग समन्वय गर्दै अगाडि बढेको र आगामी दिनमा यसलाई अझ सुदृढ गर्दै जाने बाचा पनि गर्नुभएको थियो ।
विद्यालयका अध्यक्ष यादव गिरीको अध्यक्षतामा आयोजित समारोहमा विशिष्ट अतिथिको रूपमा आउनुभएका प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाउ अभियानका संयोजक सविन प्रयास, कलाकार समाजसेवी प्राकृतिक चिकित्सक डाक्टर लोकराज पराजुलीले शुभकामना मन्तव्य दिनुभएको थियो। उक्त कार्यक्रममा नयाँ युगबोध राष्ट्रिय दैनिकका वरिष्ठ पत्रकार गोविन्द खड्का पनि अतिथिको रुपमा उपस्थित रहनुभएको थियो।
उक्त कार्यक्रममा विद्यार्थीहरू प्रज्ञान पौडेल(कक्षा ९), उज्ज्वल आचार्य (कक्षा ५) र प्रज्ञा मिश्र (कक्षा एस केजी)ले विभिन्न विषयमा आफ्नो वक्तव्य राख्नुभएको थियो।
विद्यालयका एमडी खगेश्वर पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक उर्मिला डाँगीले गर्नुभएको थियो।


