कोरोनाबाट जोगिन नागरिकमा सचेतनाको अभाव – Kanika Khabar
Sunday, July 19Nepali News Portal

कोरोनाबाट जोगिन नागरिकमा सचेतनाको अभाव

    मा प्रकाशित

कनिका खबर
साउन २६, काठमाडौं
काठमाडौँ लगायत मुलुकभरमा नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि नागरिक भने यसबाट बच्नका लागि सचेत नरहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार २७ प्रतिशतले मास्क नै लगाउने गरेका छैनन् । ३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैँक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात, मठमन्दिरलगायतका सार्वजनिक स्थलमा अवलोकन विधिबाट अध्ययन गरिएको परिषद्ले जनाएको छ । ४५ सय २ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क नलगाएको पाइयो । मास्क लगाउनेमध्ये कपडाको मास्क १५.८ प्रतिशतले लगाएका थिए । मास्क लगाउने २७ सय ३ मध्ये सही तरिकाले मास्क लगाउनेको सङ्ख्या ७२.६६ रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्