सोमईथान एलएच एकेडेमीको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न – Kanika Khabar
Thursday, February 19Nepali News Portal

सोमईथान एलएच एकेडेमीको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    मा प्रकाशित

दाङ । सोमईथान एलएच एकेडेमी, राजपुर गाउँपालिका–२ मटेरियाको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार एक समारोहका बिच सम्पन्न भएको छ।

कार्यक्रम ज्ञानज्योति फाउन्डेसन दाङका अध्यक्ष तथा शैक्षिक अभियन्ता टीका बहादुर जिसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

प्रमुख अतिथि जिसीले आफ्नो सम्बोधनमा शिक्षा नै समाज परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै सामुदायिक तथा निजी विद्यालयबीच सहकार्य आवश्यक रहेको बताए। “गुणस्तरीय शिक्षा दिन विद्यालयले केवल नतिजा मात्र होइन, चरित्र निर्माण र सीप विकासमा पनि ध्यान दिनुपर्छ,” उनले भने। उनले सोमईथान एलएच एकेडेमीले ग्रामीण क्षेत्रमा रहेर पनि शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा अझ नवप्रवर्तनमुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए।

विशिष्ट अतिथि प्याब्सन दाङका सचिव आदिम केसीले विद्यालयको प्रगतिप्रति खुसी व्यक्त गर्दै निजी विद्यालयहरू शिक्षाको गुणस्तर सुधारमा निरन्तर क्रियाशील रहेको बताए। उनले प्रविधिमैत्री शिक्षण सिकाइ, अनुशासन र अभिभावक–विद्यालय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे। “विद्यार्थीको समग्र विकासका लागि विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य छ,” उनले जोड दिए।

त्यसैगरी प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओली, प्याब्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्मा, प्याब्सन गढवाका अध्यक्ष विकास रजौरे तथा निलसागर सेवाका अध्यक्ष गरिबी चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यालयका प्रबन्ध निर्देशक राजु यादवले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापक प्रमुख प्रभु चौधरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षकद्वय शिभम विष्ट र जीवन भुसालले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा विभिन्न सिर्जनात्मक प्रस्तुति दिएका थिए। साथै उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान तथा पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्