महिला तथा बालबालिका सेवा केन्द जुम्लामा १ सय २९ वटा मुद्दा दर्ता – Kanika Khabar
Friday, April 18Nepali News Portal

महिला तथा बालबालिका सेवा केन्द जुम्लामा १ सय २९ वटा मुद्दा दर्ता

    मा प्रकाशित

कनिका खबर
साउन २६, जुम्ला

जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्र जुम्लामा १ सय २९ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७६÷०७७ मा सेवा केन्द्र जुम्लामा १ सय २९ वटा मुद्दा दर्ता भएका हुन् । जस अन्तर्गत घरेलु हिंसाका ४३, सामाजिक हिंसाका ५६, बाल यौन दुव्र्यवहारका ४, वहुविवाहको ३, विष सेवनको १, सावरी जन्या घटना १ गरी जम्मा १ सय २९ वटा मुद्दा दर्ता भएको महिला तथा बालबालिका सेवा केन्द्र जुम्लाका महिला प्रहरी जवान अमृता भण्डारीले जानकारी दिनुभएको छ ।

गएको चैत महिनाबाट लकडाउनको समयमा महिला हिंसा र सामाजिक हिंसाका घटना बढी दर्ता भएको उहाँले बताउनुभयो । लकडाउन अवधिभर महिला हिंसा र सामाजिक हिंसाका २० वटा घटना दर्ता भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्