बेलायतमा २४ घण्टामा १ हजार ६२ नयाँ सङ्क्रमित – Kanika Khabar
Sunday, March 16Nepali News Portal

बेलायतमा २४ घण्टामा १ हजार ६२ नयाँ सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ
बेलायतमा कोरोना सङ्क्रमणको दर फेरि बढेको छ । गत २४ घण्टामा १ हजार ६२ नयाँ सङ्क्रमित फेला परेका समाचार एजेन्सी रोयटर्सले जनाएको छ । जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना सङ्क्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ सङ्क्रमित फेला परेका थिए ।

सङ्क्रमण फैलिनबाट रोक्न बेलायत सरकारले केही स्थानमा लकडाउन गरेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा हालसम्म ३ लाख १२ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्