काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र प्रति आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रममा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै सभापति लामिछानेले लोकतन्त्रको वास्तविक शक्ति जनता नै भएको बताउदै रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रका नाममा कसैले एकाधिकार जमाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै उनले जनता सचेत र जागरूक रहे अनावश्यक विवाद तथा अवरोध सिर्जना हुन नसक्ने बताए ।
लामिछानेले पार्टीको वैदेशिक नीतिका विषयमा शंका नगर्न आग्रह गर्दै लामो समयसम्म सामान्य कामसमेत पूरा हुन नसक्ने प्रवृत्तिको अन्त्य गर्ने लक्ष्यसहित रास्वपा अघि बढेको बताए ।
रास्वपा जनताको पहलबाट स्थापित भएको दाबी गर्दै उनले देश गलत दिशातर्फ उन्मुख हुँदा त्यसलाई सच्याउन पार्टीले जिम्मेवारी लिएको बताएका थिए ।


