काङ्ग्रेसको विभागमा दाङबाट कोको मनोनित भए ? – Kanika Khabar
Thursday, February 13Nepali News Portal

काङ्ग्रेसको विभागमा दाङबाट कोको मनोनित भए ?

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।
नेपाली काङ्ग्रेसले विभिन्न विभागका प्रमुख तथा सदस्यहरु मनोनित गरेको छ । पार्टीले गठन गरेको विभाग प्रमुखमा दाङका विभिन्न नेताहरुले मनोनित भएका छन् ।
संगठन विभाग, तरुण विभाग जस्ता राम्रा विभागमा समेत देउवाले मनोनीत गरेका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवाले विभाग पिस्तार गर्दै पूर्वसांसद राजु खनाललाई संगठन विभागको सदस्यमा मनोनित गरेका छन् ।
शिक्षा विभागमा चिन्ताबहादुर बुढाथोकी, यातायात व्यवसायी समन्वय विभागमा ध्रुव केसी र सुरेश हमाल, मुस्लिम विभागमा लालमोहम्मद मियाँ, तराई मधेस समन्वय विभागमा अनुराग यादव मनोनित भएका छन् ।
त्यस्तै तरुण विभागको सदस्यमा काङ्ग्रेस नेता स्व. खुमबहादुर खड्काका छोरा अनुराग खड्कालाई मनोनीत गरिएको छ । पूर्वसांसद समेत रहेकी नेतृ सुशीला चौधरी वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सदस्यमा मनोनित भएकी छिन् ।

स्थानीय तह समन्वय विभागको सदस्यमा भरत केसी र नहकुल केसी तथा खेलकुद विभाग जीतबहादुर केसीलाई मनोनित गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्