रास्वपा छोडेका प्रणय शमशेर राणा नेपाली काङ्ग्रेसमा प्रवेश – Kanika Khabar
Thursday, February 19Nepali News Portal

रास्वपा छोडेका प्रणय शमशेर राणा नेपाली काङ्ग्रेसमा प्रवेश

    मा प्रकाशित

काठमाडौं । केहि दिन अगाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका  केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

विहिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्।

राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए । राणा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट काठमाडौँ- ५ को उम्मेदवार बनेर ५ हजार ४७७ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।

रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्धति मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए ।

त्यस्तै काठमाडौंको क्षेत्र नम्बर ३ मा बलियो प्रभाव रहेका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्