समाजसेवी अभियान बस्नेतद्वारा मास्क सौजन्य – Kanika Khabar
Thursday, April 25Nepali News Portal

समाजसेवी अभियान बस्नेतद्वारा मास्क सौजन्य

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।


समाजसेवी अभियान बस्नेतले के एन ९५  मास्क हस्तान्तरण गरेका छन् । नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता नवीकरण गराउनका लागि गाउँगाउँसम्म पुग्ने अभियानमा जुटेका घोराही उपमहानगरपालिका वडा नंं १० का नेपाली काङ्ग्रेसका वडा सभापति देवबहादुर वलीलाई बस्नेतले मास्क हस्तान्तरण गरेका हुन् । क्रियाशील सदस्यता नवीकरणका लागि गाउँ गाउँसम्म पुग्नु पर्ने भएकाले कोरोना सङ्क्रमणको जोखिमबाट बच्नका लागि बस्नेतले मास्क सौजन्य गरेका हुन् । गाउँमा रहेका सदस्यहरुको सदस्यता नवीकरण तथा कोरोना सङ्क्रमणबाट बच्नका लागि सचेतना फैलाउने उद्देश्यका साथ नेका वडा नं. १० ले यो अभियान थालेको सभापति वलीले बताए । समाजसेवी तथा व्यवसायी बस्नेतले मास्क उपलब्ध गराएर सहयोग गरेकोमा सभापति वलीले धन्यवाद ज्ञापन समेत गरे ।
बस्नेत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । उनी तरुण दल दाङका जिल्ला कोषाध्यक्ष तथा नारायणपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष पनि हुन् । ‘कोभिड १९ काचे महामारीको बेला गाउँ गाउँसम्म पुगेर काम गर्न निकै जोखिम रहेकोले सङ्क्रमणबाट सुरक्षित रहन र राख्नका लागि मास्क उपलब्ध गराएको हुँ ।’ बस्नेतले भने । काङ्ग्रेसको यस्तो अभियानभरि आफूले मास्क तथा अन्य सुरक्षित रहने स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयोग गर्ने पनि उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्