कोरोनाबाट थप चार जनाको मृत्यु, अहिलेसम्म मृत्यु हुनेको संख्या ७९ पुग्यो – Kanika Khabar
Monday, August 10Nepali News Portal

कोरोनाबाट थप चार जनाको मृत्यु, अहिलेसम्म मृत्यु हुनेको संख्या ७९ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन २६, काठमाडौं
कोरोना भाइरस (कोभिड—१९) बाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुइ तथा बाँके र पर्सामा एक–एक जना रहेका छन् । काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षका पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको किर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेको कोहलपुर नगरपालिका दुइका ७० वर्षका महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो मृत्यु भएको छ । २३ गते अस्पताल भर्ना भएका महिला उच्च रक्तचापको विरामी रहेको पाईएको छ । यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षका महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्