कनिका खबर
साउन २६, सिन्धुपाल्चोक
हेलम्बु गाँउपालिकाबाट काठमाण्डौ गएको व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाँउपालिकाका विभिन्न स्थान पुर्णरुपमा बन्द गरिएको छ । हेलम्बु गाँउपालिका एक साविक हेलम्बु गाविस सात का १७ वर्षका किशोरमा कोरोना सङ्क्रमण पुष्टी भएपछि साविक हेलम्बु गाँउपालिकाको वडा नं. तीन, चार, पाँच, ६ र सात वडा पुर्ण रुपमा बन्द गरिएको हो । साउन २१ गते सार्वजनिक सवारी साधनको प्रयोग गरि काठमाण्डौ गएका उनको साउन २२ गते पिसिआर परिक्षणको लागि नमुना लिइएको थियो । उनमा आज कोरोना पुष्टि भएको हो । बन्दाबन्दी अवधिभर घरमा नै बसेका उनी कुनै पनि हुलमुल हुने स्थानमा नगएको बताउदै आएका छन् । २१ गते काठमाण्डौं जाने क्रममा नै विभिन्न नाकामा चार ठाँउमा फरक–फरक सवारी साधनको प्रयोग गरि गएको र त्यसै क्रममा नै सङ्क्रमण भएको हुनसक्ने गाँउपालिकाले अनुमान गरेको छ । गाँउपालिकामा सङ्क्रमणको संभावना बढेपछि गाँउपालिकास्थित घोप्टेघ्याङमा निर्माणाधिन नमुना विद्यालयको भवनलाई तुरुन्तै निर्माण सम्पन्न गरि क्वारेन्टाइन बनाउने निर्णय गरिएको पनि भएको छ ।
मा प्रकाशित