सङ्क्रमण वढेपछि मोवाइलवाटै परामर्श – Kanika Khabar
Monday, August 24Nepali News Portal

सङ्क्रमण वढेपछि मोवाइलवाटै परामर्श

    मा प्रकाशित

कनिका खबर
साउन २६, नुवाकोट
जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोभिड–१९ को जोखिम बढिरहेको कारण सरकारी तथा सार्वजनिक निकायमा सेवाग्राहीको अनावश्यक भीडभाडलाई कम गर्न मोवाईल फोनबाट नै सेवाको संचालन तथा व्यवस्थापनको सुरुवात गरेको हो । सर्वसाधारणले कार्यालयको काम सम्वन्धि जानकारी लिनु परेमा मोवाइल वा टेलिफोनवाटै परामर्श लिन आग्रह गरिएको हो । कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिरहेको हुँदा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सेवाग्राहीलाई आफ्नो कामको विषयमा जानकारी लिन अनुरोध गरिएको छ । कार्यालयबाट हुने सेवा प्रयोजनको लागि मोवाईल फोन बाटै सूचना लिन सकिने प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार समुदायमा कोरोनाको त्रास बढी रहेको हुँदा जिल्लास्थित कार्यालयमा आम नागरिकले हरेक कार्यालयमा साधारण सोधपुछका लागि पनि जिल्ला धाएर आउनुपर्ने बाध्यताको अन्त्य गर्दै जिल्लाको सबै सरकारी कार्यालयको मोवाईल नम्वर र सम्पर्क व्यक्ति समेत तोकिएको छ । मोवाईवाट नै धेरै कामको सूचना लिन सरल र सहज हुने भएकोले मोवाईल फोन सेवा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यसवाट सर्वसाधारणलाई सुविधा पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्