पार्टीमा सैद्धान्तिक नभइ व्यक्तिगत टकराबका कारण समस्या : बोहोरा – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

पार्टीमा सैद्धान्तिक नभइ व्यक्तिगत टकराबका कारण समस्या : बोहोरा

    मा प्रकाशित

कनिका खबर
साउन २६, सिन्धुपाल्चोक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष समेत रहनुभएका पुर्व मन्त्री अमृत बोहोराले पार्टीमा सैद्धान्तिक भन्दा पनि व्यक्तिगत टकराबका कारण समस्या पैदा भएको बताउनुभएको छ । नेकपा क्षेत्र नं एक प्रदेश (क) द्वारा सिन्धुपाल्चोकमा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमि भएको र स्वेच्छाचारीता बढेकोमा चिन्ता समेत ब्यक्त गर्नुभयो । पार्टीको हरेक नेता कार्यकर्ता बैठकबाट भाग्न नहुने बिचार उहाँले ब्यक्त गनुएभएको छ ।

बैठकमा सहभागि पुर्व कानुन मन्त्री एबम क्षेत्र नम्बर दुइका सांसद शेरबहादुर तामाङले पार्टी भित्र सामान्य समस्या रहेको, पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकोमा आश्चर्य प्रकट गर्नुभयो । सांसद तामाङले जनभावना बिपरित गतिविधि गर्ने हरेक नेता कार्यकर्ता आफैं समाप्त हुने समेत बताउनुभयो । बैठकमा पुर्व सांसद सुबास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झमक नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाल लगायतले आफ्ना बिचार राखेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्