मा प्रकाशित
कनिका खबर
साउन २६, दाङ
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्विटर मार्फत ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा सङ्क्रमण पुष्टि भएको उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ । उहाँले पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा बसी कोरोना भाइरसको परीक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।