उपचारपछि पूनः कोरोनाको लक्षण देखियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

उपचारपछि पूनः कोरोनाको लक्षण देखियो

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २१, दाङ ।

नारायणी अस्पतालबाट कोरोनाको उपचारपछि निको भएर घर फर्किएका दुई जनालाई पुनः अस्पताल भर्ना गरिएको छ ।

गत बैशाख १४ गते एकैसाथ डिस्चार्ज गरिएका रौतहटका १९ वर्षीय युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका एक भारतीय जमातीको स्वास्थ्यमा समस्या देखिएपछि दुवैजनालाई पुनः अस्पताल भर्ना गरिएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता, रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनीहरूमा कोरोना सङ्क्रमणको जस्तै लक्षण देखिन थालेपपछि पुनः नारायणी अस्पतालको आईसोलेसनमा राखी स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको प्रवक्ता घिमिरेले आज नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्