रास्वपाको झन्डा राखेको जिपबाट मदिरा र खाद्यान्नसहितका सामग्री बरामद – Kanika Khabar
Friday, March 27Nepali News Portal

रास्वपाको झन्डा राखेको जिपबाट मदिरा र खाद्यान्नसहितका सामग्री बरामद

    मा प्रकाशित

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र खाद्यान्नसहितका सामग्री बरामद गरेको छ ।

सल्यानको बन्गाड–कुपिण्डे नगरपालिका–१ स्थित सल्लीबजारबाट सोमबार बिहान जिप चालक र जिपमा सवार अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा चुनावलक्षित सामग्री रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिपबाट २५ केजीका दुई बोरा चामल, ‘डायमण्ड’ लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खानेतेल बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । पक्राउ पर्नेमा सिद्धकुमाख गाउँपालिका–४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र ३७ वर्षीय मोहन बीसी रहेका छन् ।

रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको भएको दाबी गर्दै प्रचारमा हिँडेको गाडीमा सामान राखिनु चालकको कमजोरी भएको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्