प्युठानमा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितमध्ये १४ जना नेपाली सेना – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्युठानमा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितमध्ये १४ जना नेपाली सेना

    मा प्रकाशित

कनिका खबर
साउन २६, प्युठान ।
प्युठानमा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये १४ जना नेपाली सेनामा कार्यरत रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीका अनुसार सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्युठानमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार ईन्द्रध्वज गण प्युठानमा कार्यरत १४ जना, स्वर्गद्वारी नगरपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका २ जना र १ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्