रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध – Kanika Khabar
Saturday, April 18Nepali News Portal

रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध

    मा प्रकाशित

काठमाडौँ । रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध भएको छ । गएराती सम्पन्न ला लिगा अन्तर्गतको घरेलु मैदानमै सम्पन्न खेलमा गेटाफेले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

गेटाफेको जितमा खेलको ३९औं मिनेटमा मार्टिन साट्रीयानोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा रियल म्याड्रिडका फ्रान्को मस्टानटुओनो र गेटाफेका आड्रीयान लिसोले रातो कार्ड पाएका थिए ।

यो हारपछि रियल म्याड्रिडको २६ खेलमा ६० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको यो जितपछि २६ खेलमा ३२ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्