९८ जना नेपालीको शव व्यवस्थापनमा कठिनाइ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

९८ जना नेपालीको शव व्यवस्थापनमा कठिनाइ

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २१, दाङ ।

कोरोनाका कारण अन्तर्रािष्ट्रय उडान बन्द हुँदा ९८ जना नेपालीको शव व्यवस्थापनमा कठिनाइ भएको छ ।

नेपालमा लकडाउन हुनुअघि र लकडाउनको अवधिमा विभिन्न कारणले ज्यान गुमाएका १ सय ९ नेपालीमध्ये ११ जनाको परिवारले गन्तव्य देशमा अन्त्येष्टि गर्न मञ्जुरी दिइसकेको भए पनि अझै ९८ जनाको शव व्यवस्थापनामा समस्या भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

गन्तव्य देशमै अन्त्येष्टिका लागि ११ जनाले अनुमति दिए पनि अहिलेसम्म ४ जनाको मात्रै अन्त्येष्टि भएको छ ।

यो अवधिमा यूएईमा २४ जना, साउदीमा ३३ जना, मलेसियामा ३० जना, कतारमा १० जना, कुवतेमा ७ जना, बहराइनमा १, ओमानमा १ जना, टर्कीमा १ जना, सेसल्समा १ र दक्षिण कोरियामा १ जना गरी १०९ जना नेपालीको ज्यान गएको छ । जसमध्ये यूएईमा २ र टर्कीमा १ गरी तीन जनाको भने कोरोनाको कारण ज्यान गएको छ ।

लकडाउन र अन्तर्रा्ष्ट्रिय उडान बन्द भएकाले शवको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनमा थप कठिनाइ हुने कार्यकारी निर्देशक श्रेष्ठ बताए । परिवारले अनुमति दिएमा गन्तव्य देशमै अन्त्येष्टि गर्दा सहज हुने भए पनि धेरैका परिवारले यो कुरा स्वीकार नगरेको उनको भनाइ छ ।

सामान्य अवस्थामा पनि नेपालमा विदेशबाट दैनिक २ देखि ३ जनाको शव आउने गर्दथ्यो । साउदी लगायत केही देशबाट शव नेपाल आउन केही समय लाग्थ्यो । तर अहिले लकडाउनका कारणले अन्तर्र्रािष्ट्रय उडान रोकिंदा शव व्यवस्थापनमा सहयोग गर्न मृतकका परिवारलाई कार्यकारी निर्देशक श्रेष्ठले अनुरोध गरेका छन् ।

‘भोलिको अवस्था कस्तो हुन्छ भन्न सकिन्न, लामो समय शव उतै हुँदा परिवारको अनुमतिबिनै पनि गन्तव्य देशले अन्त्येष्टि गरिदिन सक्छन्,’ कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘त्यसैले जे हुनु भइसक्यो, परिवारले सहयोग गर्नुभयो भने समयमै शव अन्त्येष्टि हुन्छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्