अष्ट्रेलियमा एकजना नेपाली युवकको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अष्ट्रेलियमा एकजना नेपाली युवकको मृत्यु

    मा प्रकाशित

एडिलेड । अष्ट्रेलियमा एकजना नेपाली युवकको मृत्यु भएको छ ।

एडिलेडमा २७ वर्षीय नेपाली युवा मृत अवस्थामा फेला परेका हुन् । सन् २०१५ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका उनी सन् २०१८ मा सिड्नीबाट एडिलेड गएका थिए ।

ती युवक आइतबार आफ्नै घरको ग्यारेजमा मृत अवस्थामा भेटिएको प्रहरीलाई उदृत गर्दै दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दीपक धमलाले जानकारी दिएका छन् ।

साथीभाइले उनले आत्महत्या गरेको आशङ्का गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्