दाङमा २९ जना सेनामा कोरोना पुष्टि – Kanika Khabar
Monday, March 17Nepali News Portal

दाङमा २९ जना सेनामा कोरोना पुष्टि

    मा प्रकाशित

जीतसागर जिएम
दाङ, २७ साउन ।
तुलसीपुरमा आज एकैदिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको छ ।

साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन बिकास आचार्यले जानकारी दिए ।

प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरि परिक्षण गर्दा संक्रमण देखिएको थियो ।

ती जवानमा संक्रमण देखिएपछि उनकोम सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको हो । अन्य २ जनाको रिर्पोट भने नेगेटिभ आएको छ । २९ जना सबै बाहिनी भित्रैको आइसोलेसनमा बसेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्