चौरजहारी घटनामा हत्या भएकाका परिवारलाई १० / १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सरकारको निर्णय – Kanika Khabar
Thursday, July 18Nepali News Portal

चौरजहारी घटनामा हत्या भएकाका परिवारलाई १० / १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सरकारको निर्णय

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
पश्चिम रुकुम चौरजहारी घटनामा हत्या भएका परिवारलाई सरकारले १०÷१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए ।

घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ व्र्षका नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, चौरजहारीका टीकाराम सुनार, भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्