पत्रकारका लागि उपयुक्त वातावरण बनाऊ : काँङ्ग्रेस – Kanika Khabar
Saturday, July 19Nepali News Portal

पत्रकारका लागि उपयुक्त वातावरण बनाऊ : काँङ्ग्रेस

    मा प्रकाशित

कनिका संवददाता
बैशाख २१, दाङ ।
नेपाली कांग्रेसले भयमुक्त र पक्षपातरहित पत्रकारिता गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर यस वर्ष युनेस्कोले तय गरेको नारा ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र सञ्चार संस्थाले काम गर्न पाउने वातावरण बनाउन सरकारलाई आग्रह गरेका हुन् ।

यसका लागि विपक्षी दलका नाताले कांग्रेसले खबरदारी गर्ने उहाँको भनाइ छ । सरकार र सरकारको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन पनि उहाँले अपिल गरेका छन् ।

प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा कसैले पनि नकारात्मक दृष्टि राख्न नहुने भन्दै सभापति देउवाले प्रश्न गरेका छन् प्रेसको प्रश्नले —आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ?

कांग्रेसले कोभिड १९ को महामारीले सञ्चारमाध्यमको विज्ञापनदेखि ढुवानीसम्ममा असर परेको तथा कैयौं पत्रकार बेतलबी रहने अवस्था आएकाले यो चुनौती कम गर्न पत्रकार र सञ्चारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न सरकारसंग आग्रह गरेको छ ।

महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको र यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएको भन्दै कांग्रेसले लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने कामविरुद्ध प्रखर रुपले उभिने पनि जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्