कनिका खबर
साउन २७, सिन्धुपाल्चोक ।
कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थालेपछि सिन्धुपाल्चोकका विभिन्न क्षेत्र पूर्ण रुपले बन्द गरिएको छ । जिल्लाको जुगल गाउँपालिका ५, सुनकोशी ७, इन्द्रावती ७ र हेलम्बु गाउँपालिकाको १ नम्बर वडा पूर्ण रुपले बन्द गरिएको छ । यस्तै इन्द्रावती गाउँपालिका ७, सिपापोखरेस्थित राजेश्वरी माध्यमिक विद्यालयको एक शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले वडा न ७ लाई उच्च जोखिममा राख्दै पूर्ण बन्द गरेको छ ।
यस्तै वडा नम्बर ७ स्थित राजेश्वरी माध्यमिक विद्यालयदेखि मैदान टोलसम्म कुनैपनी सामाजिक, सांस्कृतिक व्यावसायिक लगायतको क्रियाकलाप नगर्न वडा नम्बर ७ को कार्यालयले अपिल गरेको छ । हेलम्बु गाउँपालिका १ बाट काठमाडौँ गएको एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सम्भावित क्षेत्र साविकको हेलम्बु गाविस ३, ४, ५, ६ र ७ पूर्ण बन्द गरिएको छ । सम्भावित व्यक्तिको परीक्षणको नतिजा नआएसम्म ती क्षेत्र पूर्ण बन्द गरिएको हो । सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमितको संख्या ७३ पुगेको छ । जसमा २ जना सल्यानका शिक्षकहरु हुन् । सङ्क्रमितमध्ये हालसम्म ६७ जना निको भएका छन् भने चार जना उपचाररत छन् ।