काङ्ग्रेस नेता बस्नेतका पिताको मृत्यु भएको ५ दिनपछि कोरोना पुष्टि, मलाम गएकाहरु त्रसित – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

काङ्ग्रेस नेता बस्नेतका पिताको मृत्यु भएको ५ दिनपछि कोरोना पुष्टि, मलाम गएकाहरु त्रसित

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतमा मृत्यु भएको ५ दिनपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । बस्नेतको गत बिहीबार राति निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको रिपोर्टमा बस्नेतमा संक्रमण पुष्टि गरेको हो ।

उनको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको थियो । लामो समयदेखि प्यारालाइसिसबाट पीडित उनको मृत्यु भएपछि अन्तिम दाहसंस्कार गृहजिल्ला सिन्धुपाल्चोकमा गरिएको थियो । उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइए पनि कोरोनाको रिपोर्ट नै नआइ परिवारका सदस्यले शव गृहजिल्ला लगेका थिए ।

बस्नेतको दाहसंस्कारका क्रममा ठूलो संख्यामा मलामीहरु सहभागी थिए । धेरै संख्यामा मलामी भेला भएकाले कोरोना संक्रमणको त्रास बढेको स्थानीयको भनाइ छ । स्वर्गीय बस्नेतको अन्तिम दाहसंस्कारमा १५ सयको हाराहारीमा मलामीहरु उपस्थित रहेको बताइएको छ ।

यसैबिच मृत्यु संस्कारमा बसेका छोरालाई भेट्न पुगेका नेता तथा अन्य कार्यकर्ताहरुलाई क्वारअन्टिनमा बस्न आग्रह गरिएको छ । उनलाई भेट्न हिजो सोमबारमात्रै नेकपा नेताहरु अमृतकुमार बोहरा, शेरबहादुर तामाङलगायत जिल्लाका विशिष्ठ व्यक्ति पुगेका थिए । ठूलो संख्यामा मलामी सहभागी भएपछि गाउँ नै सिल गरेर मलामी खोज्ने काम सुरू भएको छ । बुधबार स्वाब संकलनका लागि टोली बाह्रबिसे पुग्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्