सरकारले बिना योजना लकडाउन खोल्दा कोरोना भाईरसको जोखिम थप बढ्यो : चौधरी – Kanika Khabar
Thursday, December 12Nepali News Portal

सरकारले बिना योजना लकडाउन खोल्दा कोरोना भाईरसको जोखिम थप बढ्यो : चौधरी

    मा प्रकाशित

शरद सागर देबकोटा
लमही २७ साउन ।

नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा नेपाली काँग्रेसका तर्फबाट कोरोना भाईरस अनुगमन समितिका सदस्य योगेन्द्र चौधरीले सरकारले बिना योजना लक डाउन खोल्दा समुदाय स्तरमा कोरोना भाईरसको जोखिम थप बढेको बताएका छन् । उनले सरकारले कोभिड १९ नियन्त्रणको सवालमा साझा धारणा बनाउन नसकेको आरोप लगाए । नागरिकको जनजीवनलाई सहज बनाउन न्युनतम आधारभुत स्वास्थ्य सुरक्षा सर्तकता अपनाई ब्यबस्थित तरिकाले लकडाउन खोल्नुपर्नेमा सरकारले त्यसो नगरी डब्लुएचओले निर्देशन गरेको न्युनतम आधारभुत सुरक्षा सर्तकता समेत अपनाउन नसक्दा आम सर्बसाधारणहरुमा कोरोनाभाईरसको जोखिमको थप चुनौति थपिएको बताए ।
नेपाली काग्रेस दाङ क्षेत्र नम्बर १ले कोरोनाभाईरस महामारीको बेला हालसम्म बिभिन्न दाताहरुको सहयोगमा क्षेत्र नम्बर १ का बिभिन्न स्थान र जिल्लाका केही सम्बेदनसील निकायहरुलाई बितरण गरिएको स्वास्थ्य सामग्रीहरुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । काँग्रेस नेता चौधरीले वर्तमान सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले दिएको सुझाबलाई पनि अनुसरण नगरी सबैलाई त्रसित बनाएर अधिनायकवादतर्फ अगाडि बढेको आरोप लगाए । कार्यक्रममा नेपाली काँग्रेस दाङ क्षेत्र नम्वर १का क्षेत्रीय सभापति भेषराज पान्डेयले नेपाली काँग्रेस क्षेत्र नम्वर १ले कोरोना सक्रमणको शुरुको दिनहरुमा प्रत्येक गाउँ नगरपालिकामा सचेतना पत्र, सहित सरसफाईलाई प्राथमिकतामा राखी साबुन मास्क बितरण गरेको , दोस्रोचरणमा क्षेत्र नम्बर १ अन्र्तगतका नेपाली काँग्रेस सम्बद्ध कार्यकर्ताबाट आर्थिक सकलन गरी घोराही, लमही , गढवा, राजपुर र राप्ती गाउँपालिकामा २५हजारका दरले आर्थिक सहायता स्वरुप रकम बितरण गरिएको र तेस्रो चरणमा क्षेत्र नम्बर १मा संकलन हुन आएका स्वास्थ्य सामग्री बितरण , र चौथो चरणमा यही साउन २२ गते देखि २५ गते सम्म नागरिकसँग प्रत्यक्ष जोडिने, सुरक्षा स्वास्थ्य लगायतका निकायहरुलाई बिभिन्न निकायबाट प्राप्त भएका १० लाख भन्दा बढिका स्वास्थ्य सामग्रीहरु जिल्ला प्रशासन , जिल्ला प्रहरी लगायत क्षेत्र नम्बर १का बिभिन्न ३० वटा सघ संस्थामा बिवरण गरेको जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्