दाङ । गायिका तथा नेकपा एमालेकी नेतृ कोलम वलीलाई पितृशोक परेको छ । राष्ट्रियसभाको पूर्व सांसदसमेत रहेकी वलीका पिता ललितबहादुर वलीको दाङको तुलसीपुरस्थित निवासमा छतमा घाम ताप्न जाने क्रममा छतबाट खसेर निधन भएको हो ।
छतमा घाम ताप्न जाने क्रममा छतबाट खसेर बुवाको निधन भएको पलीले सामाजिक सञ्जालबाट जानकारी गराएकी छन् ।
उनले लेखेकी छन्, ‘अत्यन्तै मर्माहत भएर जानकारी गराउँछु कि मेरा प्यारा बुवा ललितबहादुर वली आज घाम ताप्न जाने क्रममा छतबाट खस्नु भई महाप्रस्थान हुनुभएको छ । म काठमाडौंबाट आउँदै छु । अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि वहाँको पार्थिव शरीर दिपाललित निवास (बाहिनी गेट नजिकै ), तुलसीपुरमा राखिने छ ।’


