काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले देशभर शैक्षिक सुधार गर्ने बताएका छन् । सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको वाचापत्र अनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाइने बताएका हुन् ।
‘सरकारमा आएसँगै छुट्टै जिम्मेवारीबोध भएको छ । पार्टीको वाचापत्र कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हुनेछ । त्यसमा उल्लेखित प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउँछौँ ।’ उनले भने ।
‘महानगरभित्र हामीले कार्ययोजना बनाएर शैक्षिक सुधार गरेजस्तै देशभरका लागि पनि कार्ययोजना बनाएर सुधार गर्छौँ ।’उनले भने ।
बालेन्द्र साह काठमाडौं महानगरपालिकामा मेयर रहँदा पोखरेल शिक्षा सल्लाहकार थिए ।


