१५ ऐन खारेज गर्ने : अर्थमन्त्री स्वर्णिम वाग्ले – Kanika Khabar
Friday, March 27Nepali News Portal

१५ ऐन खारेज गर्ने : अर्थमन्त्री स्वर्णिम वाग्ले

    मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् । अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने तथा १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

सिंहदरबारमा पदभार ग्रहण लगत्तै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन् ।

निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ ।

यस्तै, निजी उद्यम व्यवसाय सुरक्षा एवम् प्रवर्द्धन र ठुला विकासे आयोजनासँग सम्बन्धित कानुन बनाउने उनको निर्णय छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्