पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु – Kanika Khabar
Sunday, July 19Nepali News Portal

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २८, पाल्पा ।
पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको गल्धामा मंगलबार राति जीप दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

निस्दी गाउँपालिकाको गल्धामा लु १ ज २८८७ नम्बरको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको छ। जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ।
जीपमा १० जना सवार थिए। घाइतेलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ। दुर्घटनापछि जीप चालक फरार भएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्