प्यूठानमा ७ सैनिक सहित थप १० जनामा कोरोना पुष्टि – Kanika Khabar
Thursday, May 15Nepali News Portal

प्यूठानमा ७ सैनिक सहित थप १० जनामा कोरोना पुष्टि

    मा प्रकाशित

रविन विश्वकर्मा
साउन २८, प्यूठान ।
प्यूठानमा हिजो एकैदिन थप १० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । इन्द्रध्वज गण प्यूठानमा कार्यरत ७ जना सैनिक सहित १० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । मंगलबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमित हुनेमा घरबिदा सकेर क्याम्पमा फर्किएका ईन्द्रध्वज गणको आन्तरिक क्वारेन्टाइनमा बसेका ७ जना सैनिक, माण्डबी गाउँपालिकाका एक जना कर्मचारी र २ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति रहेका छन् । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीका अनुसार सङ्क्रमितहरु सबै पुरुष रहेका छन् । उनीहरुको उमेर २५ देखि ३६ वर्षसम्म रहेको छ ।

यसअघि सोमबार मात्रै ईन्द्रध्वज गणका १४ सैनिक सहित २३ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई ईन्द्रध्वज गण अन्तर्गतको फूलबारी ब्यारेक पुणयखोलाको आइशोलेशनमा राखिएको छ । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ३८ पुगेको छ । हालसम्म प्युठानमा ३ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ३ सय ३७ जनाले भने कोरोना जितेर घर फर्किएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्