मा प्रकाशित
कनिका संवाददाता
बैशाख २१, दाङ ।
अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरू सबैको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको यो अमेरिकाकै दुर्लभ घटना भएको बताईएको छ । अमेरिका अहिले कोरोना भाइरसका कारण सवैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको सवैभन्दा अग्रस्थानमा पर्दछ । अमेरिकामा ६७ हजार ४ सय ४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।