पाटन अस्पतालमा १ र बुटवल अस्पतालमा २ जनाको मृत्यु, १ जनामा कोरोना पुष्टि, एक जनाको रिपोर्ट आउन बाँकी – Kanika Khabar
Friday, March 29Nepali News Portal

पाटन अस्पतालमा १ र बुटवल अस्पतालमा २ जनाको मृत्यु, १ जनामा कोरोना पुष्टि, एक जनाको रिपोर्ट आउन बाँकी

    मा प्रकाशित

कनिका खबर
साउन २८, दाङ ।
पाटन अस्पतालमा १ जना र बुटवलको कोरोना अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका मध्ये १ जनामाकोरोना पुष्टि भएको छ भने १ जनाको रिपोर्ट आउन बाँकी छ ।ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी २८ वर्षीया महिलाको मृत्यु भयो ।
बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।

त्यसैगरी बुटवल कोरोेना अस्पतालमा उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो । गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्