नेपाल परिवार नियोजन संघ दाङ शाखा र लक्ष्मीपुर युवा क्लवको अन्तरक्रिया कार्यक्रम – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपाल परिवार नियोजन संघ दाङ शाखा र लक्ष्मीपुर युवा क्लवको अन्तरक्रिया कार्यक्रम

    मा प्रकाशित

कनिका खबर
साउन २८, दाङ ।
नेपाल परिवार नियोजन संघ दाङ शाखा र लक्ष्मीपुर युवा क्लवको संयुक्त आयोजनामा विश्व युवा दिवस २०२० को अवसरमा युवाहरुसँग विश्व अभियानका लागि युवा सहभागिता रोजगारी र प्रबद्र्धन वातावरण संरक्षणमा युवा संलग्नता विषयमा अन्तरक्रिया कार्यक्रम लक्ष्मीपुरमा आज सम्पन्न गरिएको छ । पङ्कज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल परिवार नियोजन संघ दाङ्का उप सभापति भरतराज देबकोटाले युवाहरूलाई उत्पादनमुखी हुन प्रेरणा प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै परिवार नियोजनसँग दाङ शाखा प्रबन्धक वसन्त खनालले सबै क्षेत्रमा युवाहरुको अनिवार्य सहभागिता हुनुपर्ने मा जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले हरेक क्षेत्रमा युवाको उपस्थितिलाई शुनिश्चितता प्रदान गर्न सके मात्र युवा दिवस मनाउनुको सार्थकता पूरा हुने बताएका थिए । कार्यक्रममा स्थानीय युवा एवम क्लवका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । क्लवका सदस्य प्रमोद पन्थीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्लवका उपाध्यक्ष हिमाल पौडेलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण खेमराज भण्डारीले गरेको थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्