राप्ती गाउँपालिकाको छैठौ गाउँसभा सम्पन्न – Kanika Khabar
Thursday, April 18Nepali News Portal

राप्ती गाउँपालिकाको छैठौ गाउँसभा सम्पन्न

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
साउन २८, दाङ ।
राप्ती गाउँपालिकाको छैठा्रै गाउँसभा सम्पन्न भएको छ । गाँउपालिकाको छैठौ सभाको तेस्रो बैठकमा वार्षिक ५५ करोड २३ लाख १६ हजार ४ सय ९८ बजेट पारित गर्दै सभा सम्पन्न भएको हो ।
संघीय समानीकरण, संघीय सशर्त, संघीय समपुरक, प्रदेश सशर्त, प्रदेश विशेष, प्रदेश समपुरक, संघीय राजश्व बाँडफाड, प्रदेश राजश्व बाँडफाड, आन्तरिक श्रोत र गत वर्षको मौज्दात गरी यस आर्थिक वर्षको कुल बजेट पारित गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको सभामा संशोधित बजेट पारित गर्दै गत वर्षको चालु ७६.२१ तथा पुँजिगत तर्फ ६१.५१ प्रतिशतको वित्तीय प्रगति रहेको जानकारी गरिएको छ ।
राप्ती गाउँपालिकाको वातावरण क्षेत्रमा कार्य गर्न सहजताको लागि राप्ती गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा ब्यवस्थापन गर्न बनेको ऐन २०७७ पारित गरेको छ ।
सभाले आर्थिक ऐन २०७७ मा संसोधन सहित कवाडी करको न्युनतम ठेक्का रु. २ लाख कायम गर्दै मालपोत कर संकलन तथा असुलीमा बजार क्षेत्र र राजमार्गको क्षेत्रको न्युनतम जग्गा एक कट्ठा मानिदै आएकोमा कर संकलन गर्न उत्पन्न भएको समस्यालाई राजश्व परामर्श समिति मार्फत छलफल गराई टुङ्गाउने अधिकार प्रत्यायोजन गरेको छ ।
सभामा बजेट उपर उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, विधेयक माथि विधेयक समिति संयोजक जगत बहादुर थापा, र आर्थिक ऐनमा सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले पारेका थिए ।
गाउँपालिकाको छैठौ सभा तीन वटा बैठक सम्पन्न गर्दै समापन भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्