सुरक्षित भनेर गएको वस्ती नै असुरक्षित – Kanika Khabar
Thursday, December 12Nepali News Portal

सुरक्षित भनेर गएको वस्ती नै असुरक्षित

    मा प्रकाशित

कनिका साउन
साउन २८, सिन्धुपाल्चोक ।
अबिरल बर्षाले मेलम्ची नगरपालिका ११ जरायटार एकीकृत बस्तीमा निमार्ण भएका ६२ घर जोखिममा परेका छन् । २०७३ सालबाट १ कडोर २६ लाख लगानीमा बन्दै गरेको जरायटार एकीकृत बस्ती योजना पूरा नहुदै जोखिममा छ । एकीकृत बस्तीमा बनेका घरहरु पहिरोको जोखिममा भएको एकिकृत बस्तीका लाभग्राही पुष्कर धितालले जानकारी दिए । पुर्खादेखि बस्दै आएको धिताल बस्ती, चालिसे बस्ती , पाण्डे बस्ती असुरक्षित भएपछि ६२ परिवार सुरक्षित ठाउँमा बस्नको लागि एकीकृत बस्तीमा बस्न तयार भएका थिए ।
ज्यान जोगाउन बनाउदै गरेको बस्ती झन् असुरक्षीत भएको कृष्णप्रसाद धिताल बताउनुहुन्छ ।यो बस्तीमा संरचना निमार्ण गर्न अहिलेसम्म २ कडोर रकम खर्च भएको छ । लगानी बालुवामा पानी बन्ने अवस्था छ । एकीकृत बस्ती निमार्ण गर्नु अघि मेलम्ची नगरपालिकाले अनुगमन गरेको थियो । देशैभरी विपत्ती आएका र यो वस्ती पनि जोखिममा पर्न गएको जरायटार एकीकृत बस्ती अनुगमान समिति सदस्य रामचन्द्र सापकोटा बताउछन् । संरचना निमार्णको लागि सरकारी मापदण्ड पूरा गरेर बनाएको एकीकृत बस्ती अहिले जोखिमा छ । अनुमान गरेको १ कडोर २६ लाख लगानी अपुग भएपछि अझ अरु थप बजेट मागमा छ । एकीकृत बस्ती पूर्ण जोखिममा हुँदा पनि स्थानीय सरकारको ध्यान जान नसकेको स्थानीयको गुनासो छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्