भदौ ३ गतेसम्म मेचीनगरमा कडा लकडाउन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भदौ ३ गतेसम्म मेचीनगरमा कडा लकडाउन

    मा प्रकाशित

कनिका खबर
साउन २९, झापा

समुदायमा कोरोना संक्रमण ह्वात्तै बढे पछि मेचीनगर नगरपालिका ७ दिनका लागि लकडाउन गरिएको छ । गएराति १२ बजेदेखि भदौ ३ गतेसम्म मेचीनगर नगरपालिकाको पूरै क्षेत्रमा कडा लकडाउन गर्ने मेचीनगर नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा बाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल वन्द गर्ने निर्णय भएको हो । त्यस्तै मेचीनगर भित्र अत्यावश्यक र मालवाहक बाहेकका सवै सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको नगरप्रमुख बिमल आचार्यले बताउनुभयो । विशेष कार्यका लागि प्रयोग गरिने सवारी साधन नगरपालिकाले उपलब्ध गराएको पास लिएर मात्र चलाउन सकिने छ ।

वित्तिय संस्थाहरूको हकमा नेपाल सरकारले तोकेको मापदण्ड वमोजिम सञ्चालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ । धार्मिक, सांस्कृतिक र अन्य मृत्यु संस्कार लगायतका कार्यमा भिडभाड नगर्ने र मलामीमा अधिकतम २५ जनामात्र सहभागि हुन पाउने समेत नगरपालिकाले निर्णय गरेको छ । डेरी, खाद्यन्न तथा सागसब्जी पसल पूर्ण स्वास्थ्य सुरक्षण विधि अवलम्वन गरी विहान ८ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म मात्र सञ्चालन गर्ने । अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्वन्धित क्षेत्रहरु पूर्ण स्वास्थ्य सुरक्षा बिधि अपनाएर नियमित रुपमा सञ्चालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ । मेचीनगर नगरबासीहरू अत्यावश्यक काममा देखि बाहेक आ–आफ्नो घरभित्रै सुरक्षित रुपमा समेत नगरप्रमुख आचार्यले सबै नगरबासीलाई आग्रह गर्नु भएको छ । नगरप्रमुख आचार्यका अनुसार सामाजिक दुरी कायम गरी कृषि कार्य सकिने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्