राज्यले स्वास्थ्य सेवा निशुल्क गर्नुपर्छ : महरा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राज्यले स्वास्थ्य सेवा निशुल्क गर्नुपर्छ : महरा

    मा प्रकाशित

कनिका खबर
साउन २९, दाङ ।
प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले एक कार्यक्रमकाबिच राज्यले स्वास्थ्य सेवा निशुल्क गर्नुपर्ने कुरामा जोड दिएका छन् । आज दाङको घोराहीस्थित नयाँ बजारमा रहेको शहरी स्वास्थ्य क्लिनिक भवनको उद्घाटन कार्यक्रममा महराले यस्तो बताएका हुन् । घोराही उप–महानगरपालिका –१४ नयाँ बजारस्थित तीनकुने चोकमा निर्माण गरिएको भवन प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन् । पूर्व सभामुख महराको पूर्वाधार विकास कार्यक्रम अन्तरगत सांसद विकास कोषको ५० लाखको लागतमा ४ कोठे भवन र शौचालय निर्माण गरिएको छ । चारवटै कोठामा एसीसहित फर्निचर र स्वास्थ्य क्लिनिकका लागि आवश्यक पर्ने उपकरणहरु जडान गरिएको छ ।
भवन उद्घाटन गर्दै महराले राज्यले आफ्ना नागरिकलाई निशुल्क स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताए । त्यसका लागि स्थानीय स्तरबवाटै नागरिकले आवाज उठाउनुपर्नेमहराले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महराले स्थानीय निकाय, सरकारका तर्फबाट भएका कामको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताए । अधिकांश स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा भौतिक पूर्वाधार निर्माण भए पनि त्यसमा आवश्यक पर्ने उपकरण नहुँदा स्वास्थ्य सेवामा समस्या देखिएको बताउँदै त्यसको व्यवस्थापनका लागि भुमिका खेल्ने बताए ।
त्यस अबसरमा घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीले घोराही उप–महानरपालिका सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको जानकारी दिए । त्यसका साथै नगर प्रमुख चौधरीले अहिले घोराही उप–महानरपालिकाले १५ बेडको अस्पताल निर्माणको काम थालनी भैसकेको पनि जानकारी दिए । त्यस अबसरमा जिल्ला समन्वय समिति दाङका उप–प्रमुख श्रीधर पौडेलले नयाँ बजार शहरी स्वास्थ्य केन्द्रलाई आबश्यक पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भवन निर्माण समितिका अध्यक्ष दिलकुमारी बुढाले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्