भदौ ५ गतेसम्म बुटवलमा लकडाउन – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

भदौ ५ गतेसम्म बुटवलमा लकडाउन

    मा प्रकाशित

कनिका खबर
साउन २९, रुपन्देही ।

Butwal, Nepal Pictures | Download Free Images on Unsplash
बुटवल उपमहानगरपालिकाले भदौ ५ गतेसम्म लकडाण्न गर्ने निर्णय गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११ः४५ बजेदेखि आगामी भदौ ५ गते राति ११ः४५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा अत्यावश्यक सेवाका क्षेत्रहरु मात्र खुला रहने जनाइएको छ । खाद्यान्न, दुध तथा तरकारी ढुवानी र बिक्री खुला रहने बताइएको छ । बुटवल भएर चल्ने लामो दूरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने निर्णय गरिएको छ ।

उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको उक्त बैठकमा सुरक्षा निकायका र राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागी थियो । बैठकले बुटवलबाट बाहिर जाने र बुटवल भित्रिनेहरूका लागि २४ घण्टाको समय दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्