मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल शुरु गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सरकारका कार्यक्रम कार्यान्वयन गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत छलफल भइरहेको बताइएको छ ।


