नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ – Kanika Khabar
Tuesday, April 28Nepali News Portal

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    मा प्रकाशित

काठमाडौँ । बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं जिल्ला अदालत, बबरमहलबाट वैशाख १४ गते पक्राउ अनुमति लिएए अध्यक्ष आशिष श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बाट पक्राउ गरिएको जनाएको छ ।

नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललितपुरको वैशाख ८ गतेको पत्रअनुसार आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनमा निष्कर्ष तथा सुझावसहित अनुसन्धानका लागि विवरण प्राप्त भएको र उक्त प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडसमेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा १ को खण्ड (छ) बमोजिम कसूर गरेको उल्लेख गरिएको ब्यूरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्