नेकपाको विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन, कार्यदलमा पनि भागबण्डा : ओली, प्रचण्ड र नेपालबाट दुई–दुई जना प्रतिनिधि – Kanika Khabar
Friday, February 14Nepali News Portal

नेकपाको विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन, कार्यदलमा पनि भागबण्डा : ओली, प्रचण्ड र नेपालबाट दुई–दुई जना प्रतिनिधि

    मा प्रकाशित

कनिका खबर
साउन ३०, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको हो ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्