लिदी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै २७ वेपत्ता, गृहमन्त्री थापाद्वारा निरीक्षण – Kanika Khabar
Friday, March 29Nepali News Portal

लिदी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै २७ वेपत्ता, गृहमन्त्री थापाद्वारा निरीक्षण

    मा प्रकाशित

दिपक खत्री
साउन ३० सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ । आज बिहान गएको पहिरोमा परेका अझै २७ वेपत्ता छन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । पहिरोमा घाइते भएका ७ जनाको उद्धार गरी उपचारको लागि अस्पतालमा लगिएको छ । बेपत्ताको स्थानीय, प्रहरी, सेनाबाट खोज तथा उद्धार जारी छ ।
मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन नसकेको उहाँले जानकारी दिनुभयो । पहिरो आउँदा ठूलो आवाज आएको थियो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोक आएका छन् । मानवीय क्षति पु¥याएको लिदी पहिरोको निरीक्षण गर्न उनी घटनास्थल पुगेका हुन् । पहिरो स्थलमा गृहमन्त्री रामबहादुर थापा सहित उच्च सरकारी टोलीहरु पुगेका हुन् । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट १५ हजार सहयोग मन्त्री थापाले पीडितहरुलाई हस्तान्तरण गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्