पार्टी नीति विपरीत उम्मेदवारी दिने नेता कार्यकर्तामाथि काङ्ग्रेस दाङको कारबाही – Kanika Khabar
Saturday, May 9Nepali News Portal

पार्टी नीति विपरीत उम्मेदवारी दिने नेता कार्यकर्तामाथि काङ्ग्रेस दाङको कारबाही

    मा प्रकाशित

दाङ, २५ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै नेपाली काङ्ग्रेस दाङले केही नेता तथा कार्यकर्तामाथि कारबाही गरेको छ।

नेपाली काङ्ग्रेस दाङका उपसभापति तथा अनुशासन समिति संयोजक गिरीराज सुवेदीका अनुसार पार्टी नीति विपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै नेपाल ट्रेड युनियन कांग्रेस दाङका पूर्वअध्यक्ष किशोर आचार्य, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर–२ की क्षेत्रीय सदस्य खुमा खड्का, प्रदेश प्रतिनिधि यशोदा पाण्डे तथा क्रियाशील सदस्य सुमन शर्मा र सुरेश केसीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका छन् ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर–२ को सिफारिसका आधारमा अनुशासन समितिले अर्को निर्णय नभएसम्मका लागि उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको अनुशासन समितिका संयोजक सुवेदीले जानकारी दिएका छन् ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि वैशाख २६ गते निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि नेपाली काङ्ग्रेसले संस्थाका निवर्तमान कोषाध्यक्ष ध्रुव केसीको नेतृत्वमा प्यानल अघि सारेको छ । उक्त प्यानललाई नेकपा एमाले लगायतका पार्टीको समर्थन रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्