राज्यका पूर्वाग्रही कदमले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउँछ- महासचिव पोखरेल – Kanika Khabar
Monday, May 11Nepali News Portal

राज्यका पूर्वाग्रही कदमले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउँछ- महासचिव पोखरेल

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिशोध र पूर्वाग्रही कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउने खतरा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएको र राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डितगरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने बताएका छन् ।

उनले यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउने खतरा रहेको र विधि, पद्धती, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको उल्लेख गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्