कोरोनाभाइरस विरुद्ध बनाइएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

कोरोनाभाइरस विरुद्ध बनाइएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले जानकारी दिए । परीक्षणका लागि रुसले सहयोग गर्नेपनि उहाँले बताउनुभयो । फिलिपिन्सका हजारौं बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ । बहुचर्चित रुसी औषधि यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएका थिए । रुसले बनाएको भनिएको औषधिले अहिले विश्वभरि नै चर्चा पाएको छ भने केही देशहरुले औषधि किन्ने मागपत्र समेत पेस गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्