प्रधानमन्त्री बालेन प्रतिनिधिसभामा नजाने, अर्थमन्त्रीले नै जवाफ दिने – Kanika Khabar
Thursday, May 14Nepali News Portal

प्रधानमन्त्री बालेन प्रतिनिधिसभामा नजाने, अर्थमन्त्रीले नै जवाफ दिने

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज पनि प्रतिनिधिसभाको बैठकमा नजाने भएका छन् । आज ११ बजेदेखि शुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयले कार्यसूची संशोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने तालिका सार्बजनिक गरेको छ ।

बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डिपी अर्यालसँग रुलिङको माग गर्दै बैठकमा विरोध गरेका थिए ।

नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री नआएपछि विपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका कारण बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्